Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिका र चीनका राष्ट्रपतिबीच दुई घण्टा टेलिफोन वार्ता, एक अर्कालाई चेतावनी

    अमेरिका र चीनका राष्ट्रपतिबीच दुई घण्टा टेलिफोन वार्ता, एक अर्कालाई चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ्बीच दुई घण्टा १७ मिनेट टेलिफोन वार्ता भएको छ। बाइडेन सन् २०२१ जनवरीमा अमेरिकाको राष्ट्रपति नियुक्त भएयता सी र बाइडेनबीच पाँचौ पटक कुराकानी भएको हो ।

    अमेरिका र चीनबीच आर्थिक तथा भूराजनीतिक तनाव चुलिएका बेला दुई राष्ट्रपतिबीच भएको कुराकानीलाई महत्वकासाथ हेरिएको छ । टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन् ।



    अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताए । उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन्।



    बेइजिङले भने राष्ट्रपति सी ले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र ‘आगोसँग खेल्ने मान्छे जल्ने’ चेतावनी दिएको जनाएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको हल्लापछि अमेरिका र चीनबीच तनाव थप बढेको छ।

    अमेरिकाको परराष्ट्र मन्त्रालयले उनले कुनै त्यस्तो भ्रमण योजना घोषणा नगरेको बताएको छ भने चीनले उनले भ्रमण अघि बढाए ‘गम्भीर परिणाम’ निम्तिन सक्ने चेतावनी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार