Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘आगोसँग खेल्ने मान्छे जल्ने’ भन्दै अमेरिकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

    ‘आगोसँग खेल्ने मान्छे जल्ने’ भन्दै अमेरिकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

    दुई जनाबीच बिहिबार भएको टेलिफोन संवादका क्रममा सी ले ताइवान मामिलामा अमेरिकीहरुको चासोको सन्दर्भमा यस्तो चेतावनी दिएका हुन् ।



    राष्ट्रपति सीले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र ‘आगोसँग खेल्ने मान्छे जल्ने’ चेतावनी दिए ।



    अमेरिकी राष्ट्रपति बाइडेनले पनि ताइवान द्विपका सन्दर्भमा अमेरिकाको नीति नफेरिने भन्दै ताइवानमा कसैको एकलौटी निर्णय स्वीकार्य नहुने जवाफ दिए ।

    आगोसँग जो खेल्छ ऊ पक्का जलेर खरानी हुने चिनियाँ राष्ट्रपति सीलेको तर्क छ । अमेरिकी संसदकी सभामुख नान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर दुई देशबीच तनाव बढिरहेको बेला सी र बाइडेनबीच टेलिफोन वार्ता भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार