Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

झापा । लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पूर्व सिक्किम निवासी ३० वर्षीय मेगवीर लिम्बू र उनकै भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेका छन् ।

इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ काँकडभिट्टा स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने ७ ग्राम लिसाईलो पदार्थ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077