Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांसद रावलले भने - अमेरिकी सरकारलाई पठाइएको पत्रको प्रतिलिपी उपलब्ध गराइयोस्

काठमाडौं । सांसद भीम रावलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकी सरकारलाई फिर्ता पठाएको पत्रको प्रतिलिपी उपलब्ध गराउन माग गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै सांसद रावलले नेपाल सरकारले पठाएको पत्रको प्रतिलिपी उपलब्ध गराउन माग गरेका हुन्।

उनले भने, ‘नेपाल सरकारको तर्फबाट गएको पत्रको प्रतिलिपी संसदको सम्बन्धीत ठाउँमा प्राप्त हुन्छ कि हुँदैन ? अमेरिकी सरकारलाई पठाइएको पत्रको प्रतिलिपी उपलब्ध गराइयोस् ।’

उनले नेपालको स्वाधिनता मन्त्री विशेष नभएको बताए । आजै संसदमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी सम्झौता अगाडि नबढाउने पत्र अमेरिकी सरकारलाई पठाइसकेको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077