Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - आगामी निर्वाचनमा एमालेले जितेन भने देश झन् बर्बादीतर्फ जान्छ

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन् बर्बादीतर्फ धकेलिने बताएका छन् ।

गृहजिल्ला दौडमा रहेका अध्यक्ष ओलीले विर्तामोडमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प्रचारप्रसारमा अहिलेदेखि नै टोल टोलमा खट्न निर्देशन दिए ।

ओलीले पार्टीसहित हरेक भातृ संघसंगठनहरुले टोल-टोलमा सङ्गठन, घर(घरमा सदस्यको नारा लिएर अभियान लिएर अघि बढ्नुपर्ने बेला आएको बताए।

‘२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गर्‍यो, बदर भयो। हाम्रो एउटा पनि भोट खेर जानु हुँदैन। यति धेरै भोट कसरी बदर हुन्छरु,’ कार्यक्रममा सहभागी कार्यकर्ता तथा नेताहरूलाई उनले प्रश्न तेर्साए।

उनले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077