Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तरकारी बोकेर भारत जाँदै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद

विराटनगर । संखुवासभाबाट तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ ।

बन्दागोभी बोकेको प्र १–०२–००१ ख नम्बरको मिनी ट्रकलाई प्रहरीले शनिवार बिहान जोगवनी ढाटमा रोकेर चेक जाँच गर्दा बन्दागोभीको बोरामुनि लुकाएर राखेको अवस्थामा ६ बोरा गाँजा (१५६) केजी बरामद भएको हो ।

ट्रक चालक धनकुटा सहिदभूमी गाउँपालिका ३ छिन्ताङका विवेक राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077