Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाले गठन गर्यो निर्वाचन अभियान तयारी समिति

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ । सो अभियान समितिमा सातवटै प्रदेशका प्रतिनिधि समावेश रहेका छन् ।

समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा र हेमन्त मान्दव्य रहेका छन् भने सचिवालय सचिवमा सीपी सिंहलाई राखिएको छ ।

अगामी चुनावमा जोजो चुनाव लड्दैनन् ती व्यक्तिहरुलाई यो समितिमा राखिएको बताइएको छ । चुनाव सम्बन्धी रणनीति बनाउनुको साथै जिल्ला तथा प्रदेशमा रहेका जिल्ला समितिका सदस्यहरु दक्ष बनाउनका लागि

उनीहरुलाई तालिम दिनुको साथै निर्वाचनमा प्रचार प्रसारका डकुमेन्ट तयार पार्नुको साथै निर्वाचनका लागि चाहिने अन्य दस्तावेजहरु यही समितिले तयारी पार्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077