Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेस र एमालेभित्र माओवादी पसेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको बताएका छन् ।

माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘अहिले माओवादी केन्द्रकै एजेण्डामा देश अगाडि बढेको छ । समावेशी, समानुपातिक प्रणाली हामीले ल्याएका हौँ, यसलाई अहिले सबैले स्वीकारेका छन् । प्रयोग गरेका छन् । एक अर्थमा भन्ने हो भने कांग्रेस र एमालेभित्र माओवादी नै पसेको छ ।’

तर, जसको नीति उसको नेतृत्व नभएको र राजनीतिको मूल धार माओवादी नै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077