Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना,१ जनाको मुत्यु

प्यूठान । प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिका(३ की ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077