Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रबि लामिछाने भन्छन् - सिसिटिभी फुटेज एक घण्टामा रिकभर गरिदिन्छु, एचडीमा चाहियो कि फोरके ?

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबी गरेका छन्।

पार्टीको सुदुरपश्चिम प्रदेश भेलालाई शनिबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले यस्तो चुनौती दिएका हुन्।

उनले भने, ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्’, ‘कस्तो कलरमा चाहिन्छ? एचडीमा चाहियो कि फोरके ? रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।’

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर हुन नसकेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई शुक्रबार बजेटमा करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समितिले सफाइ दिएको थियो। लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077