Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा पृथ्वीमा खस्यो

एजेन्सी । चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको छ । अमेरिकी र चिनियाँ अधिकारीहरुले उक्त रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको बताएका हुन् ।

यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा जलेको बताएका थिए ।

अन्तरिक्ष विज्ञहरूले जनसंख्या भएको क्षेत्रमा रकेट अवतरणको सम्भावना निकै कम रहेको बताएका थिए । प्रशान्त महासागरमा रहेको सुलु सागरलाई पुनः प्रवेश गर्ने स्थानको रूपमा पहिचान गरेका थिए ।

रकेटको कोर स्टेजको अनियन्त्रित फिर्तीले अन्तरिक्ष फोहरको जिम्मेवारीको बारेमा सर्वत्र प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077