Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योग मन्त्री बडू भन्छन् – पेट्रोलियम पदार्थको घाटा कम गर्न विद्युतको खपत बढाउनु पर्छ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण नगरिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई निजीकरण गर्न खोजेको भन्दै भ्रम फैलाउने काम भएको बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निगमलाई निजीकरण गर्न अर्बौंको चलखेल भएको टिप्पणी गरेका थिए ।

पेट्रोलियम पदार्थमा देखिएको घाटा कम गर्न विद्युतको खपत बढाउनुपर्ने मन्त्री बडुले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077