Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - चाडपर्वहरुले टाढिन लागेका सम्बन्ध ताजा बनाउँछन्

काठमाडौं । एमाले केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आइतबार साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गरी किसान संस्कृति मनाएको छ।

त्यस अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हाम्रा चाडपर्वहरूले टाढिन लागेका सम्बन्ध ताजा बनाइराख्ने बताए। एमालेको पार्टी कार्यालय च्यासल (ललितपुर) मा आयोजित कार्यक्रममा ओलीले हाम्रा चाडपर्वहरू संस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विभागका प्रमुख रघुजी पन्तले किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सदभाव बढाएको बताए।

खीर खाने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायत विभिन्न नेता, संस्कृतिकर्मी, लेखक, कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077