Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगो लगाएर ३२ सर्वसाधारणको हत्या गर्ने गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ

    आगो लगाएर ३२ सर्वसाधारणको हत्या गर्ने गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । मडागास्करमा घरमा आगो लगाएर कम्तीमा ३२ जना सर्वसाधारणको हत्या गरिएको छ ।

    सोही आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ ।



    प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो ।



    राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए ।

    रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईबस्तु तस्करीलाई दोष दिएका छन् । गाईबस्तु चोरी र यसलाई रोक्नको लागि भएका प्रयासले पछिल्ला वर्षहरूमा अत्यन्त हिंसक टकरावहरू निम्त्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार