Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तारकेश्वर घटना : हत्यापछि आत्महत्याको प्रारम्भिक अनुमान

    तारकेश्वर घटना : हत्यापछि आत्महत्याको प्रारम्भिक अनुमान

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 861
    SHARES

    काठमाडौं । काठमाडौंको तारकेश्वर काभ्रेस्थलीका एकै परिवारका ४ जनाले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

    तारकेश्वर नगरपालिका-२ पदमछलमा बुबा, आमा, छोरा र छोरी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार मृतकहरूमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक पाण्डे छन् ।



    एकजनाको शव नाडी काटिएको र पेटमा छुरा हानेको अवस्थामा रहेको घटनास्थलमा रहेका एक प्रहरीले जनाएको छ ।



    अन्य तीनको भने हत्या भएको आशंका प्रहरीको छ । प्रहरीले परिवारकै कोही सदस्यबाट हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार