Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काभ्रेस्थली घटना : दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् सुनिता

    काभ्रेस्थली घटना : दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् सुनिता

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 870
    SHARES

    काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

    गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।



    स्थानीयका अनुसार आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा कक्षा ५ मा पढ्थे भने छोरी आशिका आर्मी स्कुलमा । अरु दिन झै सोमबार पनि आर्मी स्कुलको गाडी आशिकालाई लिन घर अगाडि पुगेको थियो । तर उनी बाहिर आइनन् । नजिकै घर भएका साथीले बोलाउँदा पनि परिवारका सदस्यहरु समेत नबोलेपछि स्थानीय भेला भएका थिए ।



    दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँथिन् ।

    दिनेश र उनकी श्रीमती सुनिताबीच भने पारिवारिक झगडा हुने गरेको थियो । उनीहरु पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको बालाजु बृत्तमा पुगेका थिए ।

    सुनिता बेलायत जाने तयारीमा थिइन् । ६ महिनाको सिजनल भिसा लगिसकेको उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् । त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन् ।

    पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् । घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ, जुन दिनेशको मानिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार