Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काभ्रेस्थली घटना : ४ पेजको ‘सुसाइड नोट’ फेला

    काभ्रेस्थली घटना : ४ पेजको ‘सुसाइड नोट’ फेला

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 687
    SHARES

    काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।

    गोरखा घर भई पदमसाल  बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।



    घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।



    प्राप्त प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार