Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्मला हत्याकाण्ड

    सुदूरपश्चिम पुगेका आईजीपी सिंह भन्छन् – निर्मलाको हत्यारा पक्रन ‘स्पेशल टिम’ बनाएर अनुसन्धान गर्दैछौं

    सुदूरपश्चिम पुगेका आईजीपी सिंह भन्छन् – निर्मलाको हत्यारा पक्रन ‘स्पेशल टिम’ बनाएर अनुसन्धान गर्दैछौं

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.4K
    SHARES

    धनगढी । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन स्पेशल टिम बनाएर अनुसन्धान भइरहेको बताएका छन् ।

    सोमबार धनगढीमा प्रहरी अस्पतालको उद्घाटन गर्न पुगेका आईजीपी सिंहले निर्मला हत्याकाण्ड अनुसन्धान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।



    ‘मैले पहिला पनि भनेको थिए । निर्मला हत्याकाण्ड अनुसन्धान गर्नु पहिलो प्राथमिकतामा पनि पर्छ । यसमा काम पनि भइरहेको छ,’ उनले भने । काठमाडौंको रानीवरी हत्याकाण्ड पक्राउ गर्न १२ वर्ष लागेको उनले स्मरण गराए । अनुसन्धान भन्ने विषय कुनैमा चाडो पत्ता लाग्छ भने कुनै ढिलो पत्ता लाग्ने उनको भनाई छ ।



    यस घटनामा प्रहरी अधिकृतहरुले दत्तचित्त भएर सूक्ष्म ढंगले सीआइबी, स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्पेशल टिम बनाएर अनुसन्धान गरिरहेको आईजीपी सिंहले बताए ।

    निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पूरा भइसकेको छ । १० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् ।

    यस्तो जघन्य अपराध भएको ४ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार