Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशभर भारी वर्षाको सम्भावना : दैनिक जनजीवन प्रभावित हुनसक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

हाल देशका अधिकांश भू(भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केहि जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहानैबाट प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आजर राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । यस्तै मौसम विभागले बुधबारदेखि मौसम सुधार हुने पूर्वानुमान गरेको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077