Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी ड्रोन हमलामा अल कायदाका मुख्य नेता जवाहिरी मारिए

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले जवाहिरी मारिएको पुष्टि गरेका हुन् ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा उनको मृत्यु भएको बताइएको छ ।

'जवाहिरीले अमेरिकी नागरिकहरूविरुद्ध हत्या र हिंसाको ट्रेल कोरेका थिए', वाइडेनले भने, 'अब न्याय दिइएको छ र यी आतंकवादी नेता रहेनन्।'

अधिकारीहरुले जवाहिरी एक सुरक्षित घरको बार्दलीमा रहेको बेला ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो। परिवारका अन्य सदस्यहरू त्यहाँ उपस्थित भए पनि उनीहरुलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको उनीहरुको भनाइ छ।

अमेरिकी राष्ट्रपति वाइडेनले ७१ वर्षीय अल(कायदा नेतामाथि 'सटीक आक्रमण' का लागि अन्तिम स्वीकृति दिइएको बताए।सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077