Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्री थापा भन्छन् - युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्ने बताएका हुन् ।

यसका लागि पार्टीका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउनु पर्ने महामन्त्री थापाको भनाइ छ ।

आगामी संसदीय निर्वाचन लक्षित गरि भ्रातृ संगठनहरुलाई अगाडि बढाउन आवश्यक रहेको थापाले बताए । यस्तै उनले संसदमा चलिरहेको जल्दाबल्दा विषयवस्तुप्रति काँग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077