Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विमानस्थलबाट ६० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले ६० ग्राम सुनसहित एक भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

मंगलबार युनाइटेड अरब इमिरेट्स युएई को सारजाहबाट काठमाडौं आएका भारतीय नागरिक इस्लाम आयाजाउललाई ६० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो।

सुनसहित पक्राउ परेका व्यक्ति उत्तरप्रदेशको रामपुरका स्थायी बासिन्दा हुन्।

भित्री बस्त्रमा लुकाएर झोलको रुपमा ६० ग्राम सुन ल्याएका थिए। सोधपुछ गर्ने क्रममा उनको साथबाट प्रहरीले सुन बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077