Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सप्तकोसी नदीमा पानीको सतह बढ्यो,उच्च सतर्कता अपनाउन आग्रह

राजविराज । सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पानीको अत्यधिक चाप रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा ‘हाई अलर्ट’ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिए ।

उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ । एसपी काफ्लेका अनुसार मंगलबार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ । कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।

पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।

यस्तै कोसीमा पानीको सतह बढेसँगै कटान हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परतर्फ लागेको छ । उक्त वडाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार डलबास्थित स्परमा कटान लाग्दा स्थानीय त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077