Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शपथ खाएर राष्ट्रहित विपरित काम गर्नेलाई कारबाही गरौं : भीम रावल

काठमाडौं । सांसद भीम रावलले शपथ लिइसकेपछि कानुनीरुपमा अनिवार्य पालना गर्नुपर्ने र नगरे कारबाही हुनुपर्ने कानुनी प्रावधानको माग गरेका छन्।

मंगलबार संसदमा पेश भएको शपथ सम्बन्धी विधेयक,२०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद रावलले शपथ ग्रहरण गरेका व्यक्तिले राष्ट्रहित विपरित काम गरे जोसुकैलाई कारबाही हुनुपर्ने माग गरेका हुन्।

शपथसम्बन्धी कानुनमा उल्लेखित विषयभन्दा ठिक विपरित विदेशीसँग थर्कमान भइ, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो देखिएको उनको भनाइ  छ।

कानुनमा शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी बहन गर्दा प्रचलित कानुनको पालना गरी मुलुक र जनताको हितका लागि कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्राही, खराब भावना नराखी इमान्दारीका साथ गर्नेछु भन्ने कुरा लेखिएको भएपनि त्यसो नगरेको भन्दै आपत्ती जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077