Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गठबन्धन बाहिरका वामपन्थीलाई ओलीको व्यंग्य - ठूलै भाँडामा पकाएको ढिँडो खाऔँ, साना भाँडा किना बसाउनुपर्‍यो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बाहिर रहेका वामपन्थी शक्तिलाई एकताका लागि अपिल गरेका छन्।

मंगलबार २५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रतिक्रियावादीहरुले ठूलो चुनौति दिइरहेका बेला संगै मिलेर काम गर्न आग्रह गरेका हुन् ।

गठबन्धन कम्युनिष्टहरू सिध्याउन बनेको भन्दै उनले बाहिर रहेका वामपन्थी पार्टी, शक्ति र व्यक्तिहरु गठबन्धनको जस्तो दुष्ट आशय बोकेका नभएकाले एकता हुन सक्ने बताए।

ओलीले भने, ‘दुष्ट आशय बोकेकासँग हामी एकता गर्न सक्दैनौं। दुष्ट आशय नबोकेका साथीहरु ए बाबा ! ठूलै भाँडामा पकाएको ढिँडो खाउनँ, फेरि साना-साना भाँडा किना बसाउनुपर्‍यो’, ओलीले भने, ‘म आव्हान गर्छु, आग्रह गर्छु साथीहरुलाई आउनुहोस् सँगै मिलेर काम गरौं।’ उनले गठबन्धन छाडेर आए त्यहाँ भित्रका वामपन्थीसँग पनि एकता हुनसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077