Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नारायणीमा पानीको सतह खतरानजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपरासी । नारायणी नदीमा पानीको सतह खतरानजिक पुगेपछि पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँँधका सबै ढोका खोलिएको छ।

दुई दिनदेखि परेको वर्षाले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको सबै ३६ वटै ढोका खोलिएको हो।

सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ। गण्डक बाँधको ढोकाको चाबी सधैँ भारतले राख्ने गरेको छ।

देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीमा पानीको सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो तटीय क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।

पूर्वी नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तहनजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077