Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

काठमाडौं । अन्ततः १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् ।

लामो कानुनी लडाईपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

‘सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला’, राणाले भने ।

यो फैसलासँगै दुवै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन् । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077