Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हाफ पाइन्टका टाँकमा सुन लुकाएर ल्याउने भारतीय विमानस्थलबाट पक्राउ

    हाफ पाइन्टका टाँकमा सुन लुकाएर ल्याउने भारतीय विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । हाफ-पाइन्टका टाँकभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ परेका छन् ।

    मंगलबार दिउँसो १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक डेभिड मक्कर पक्राउ परेका हुन् ।



    भन्सार कार्यालयका अनुसार थाई स्माइल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका मक्कर भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ परेका हुन् ।



    उनले ल्याएका पाँच वटा हाफ-पाइन्टमा अस्वाभाविक संख्यामा टाँक राखिएको थियो। ती टाँकभित्र स-साना रिङ बनाएर ४२६ ग्राम सुन ल्याएको पाइएको हो । उनलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारबाही सुरू गरिएको बताइएको छ ।

    मक्करले रेडिमेड हाफ-पाइन्टमा धातुले बनेका प्रत्येक टाँकमा दुई वटा सुनका रिङ राखेर ल्याएका थिए। भट्टराईका अनुसार उनीबाट बरामद भएको सुनको बजार मूल्य करिब ३५ लाख रूपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार