Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पोखराबाट ७ किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ, झण्डै ६३ लाख पनि बरामद

    पोखराबाट ७ किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ, झण्डै ६३ लाख पनि बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 708
    SHARES

    फाइल तस्विर

    कास्की । पोखरामा सात किलो भन्दा बढी सुन, ६ किलोभन्दा बढी चाँदी र नगद ६२ लाखसहित एकजना पक्राउ परेका छन् ।

    भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।



    मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    साथै उनलाई नगद ६२ लाख ८१ हजार रूपैयाँ र चाँदीका गहना ६ किलोसहित मंगलबार बिहान पक्राउ गरिएको हो । यस सम्बन्धमा कास्की प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार