Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सुनको कारोबारमा उल्लेख्य गिरावट

    सुनको कारोबारमा उल्लेख्य गिरावट

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 597
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो ।

    लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो ।



    अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिए ।

    लगनको सिजन नहुनु, मूल्य निरन्तर बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति नहुनु र बजारमा सुनको माग न्यून हुँदा कारोबारमा गिरावट आएको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार