Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • भारतको आयल निगमलाई १४ अर्ब भारु बुझाउन बाँकी छ: निगम प्रवक्ता

    भारतको आयल निगमलाई १४ अर्ब भारु बुझाउन बाँकी छ: निगम प्रवक्ता

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले मूल्य घटाउन नसकेको बताएका छन् ।

    अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै उपाध्यायले निगम स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताउँदै ठूलो रकम बक्यौता रहेकाले माग पूरा गर्न नसकेको बताएका हुन् । उनले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ति सार्वजनिक गर्ने बताए ।



    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार