Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिबन्धित लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।

असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ,ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ कि ३५ वर्षकी सुशीला तामाङ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

बरामद गरिएको लागूऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077