Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

चिनियाँ नागरिक अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना नेपाली पक्राउ

काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर गोंगबुको एउटा होटलमा बन्धक बनाएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिकलाई होटलबाट उद्दार गरेको हो ।

चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए ।

उनीहरुले एक करोड फिरौती मागेको र ५० लाखमा अपहरण मुक्त गर्ने सहमति भएपछि चिनियाँ नागरिकको आफन्तको सहयोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077