Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव नेतृत्वका नेता केसी धान खेतमा मृत फेला

सल्यान । नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लोकमान केसी मृत फेला परेका छन् ।

पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता केसी बिहीबार बिहान धान खेतमा मृत फेला परेका हुन् ।

छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077