Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाका फरार आचार्य पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेका गोरखा नगरपालिका-२ घर भई हाल बानेश्वरमा बस्‍ने ४६ वर्षीय दिपकचन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आचार्यलाई  थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका आचार्यमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077