Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपीपीको सन्दर्भमा परराष्ट्रमन्त्रीको व्यवहारले सरकारप्रति अविश्वास पैदा भयो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारप्रति धेरै नै अविश्वास रहेको बताएका छन् ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भमा परराष्ट्रमन्त्री डा.नारायण खड्काको व्यवहारले सरकारप्रति अविश्वास पैदा भएको उनले बताए ।

राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा रावलले एसपीपीसँग सम्बन्धित कागजात सांसदहरुले माग गर्दा परराष्ट्रमन्त्री खड्काले आफूहरुलाई अविश्वास गरेर नदिएको बताए ।

जनताको जिम्मेवारीबाट आफूहरु यहाँसम्म आइपुगेको बताउँदै उनले आफूहरुले पनि संवेदनशील मन्त्रालय चलाएको र संवेदनशील निर्णयहरुमा सहभागीता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077