Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ।

बारका महासचिव अधिवक्ता अञ्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वद्र्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

‘यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ’, विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्षरुपमा कुनै पनि कार्य गर्न मिल्दैन।’

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भनिएको छ। संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ। त्यस्तै नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने उल्लेख छ।

बारको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन् भएको ठहर गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077