Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढा क्षेत्रीलाई बिहीबार दिउँसो साढे एक बजे पक्राउ गरेको हो।

नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिएर बसेका उनीहरूलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शंकास्पद अवस्थामा कोठामा बसिरहेका उनीहरूको जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने खैरो धूलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077