Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीन-ताइवान तनाव : सैन्य अभ्यासप्रति जापानको आपत्ति

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण लगत्तै व्यापक सैन्य अभ्यास सुरू गरेको चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार गरेको छ ।

चीनले प्रहार गरेका पाँच वटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।

ताइवानले भने आफ्नो भूमि वरपर चीनले हालसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको दाबी गरेको छ। रोएटर्सका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्।

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077