Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डको पीएसओमा डीएसपी न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) परिवर्तन भएका छन् ।

यसअघि प्रचण्डका पीएसओ​को रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि पीएसओ परिवर्तन गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा डीएसपी सिद्धराज न्यौपानेलाई खटाएको छ ।

न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077