Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बाघको २ किलो हड्डी र छालासहित चार जना पक्राउ

कैलाली । कैलाली प्रहरीले बाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ।

बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी रहेका छन्। उक्त बोलेरो जीप बुडरबाट धनगढी तर्फ आइरहेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको हो।

उनीहरुको साथबाट बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको छ। पक्राउ परेका सबैलाई थप कारवाहीका लागि जिल्ला वन कार्यालय कैलाली पठाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077