Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्र

    चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्र

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 873
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ ।

    आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि बताइन् ।



    चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ।’ प्रवक्ता लम्सालले भनिन्, ‘ दुवै मुलुले सम्मान गर्दै आएका छन्। नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा छ।’



    यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने बताउँदै प्रवक्ता लम्सालले चीन र नेपालबीच हुने सम्झौताबारे पुनस् पत्रकार सम्‍मेलन गरेर जानकारी दिने बताइन् ।

    ‘परराष्ट्रमन्त्रीको चीन भ्रमणमा हुने सम्झौता तत्काल भन्न मिल्दैन। त्यसको लागि समय र परिस्थिति अनुकुल हामी बीचमा पुनस् पत्रकार सम्‍मेलान गरेर जानकारी दिन्छौं, धैर्य गर्नु हुन अनुरोध छ।’ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार