Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • परराष्ट्रसचिव लम्साल र पाकिस्तानका राजदूत हास्मीबीच भेटवार्ता

    परराष्ट्रसचिव लम्साल र पाकिस्तानका राजदूत हास्मीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 459
    SHARES

    काठमाडौं । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन्।

    परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।



    त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो।



    राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएको पत्र हस्तान्तरण गरेका थिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार