Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • परराष्ट्र सचिव लम्सालले भनिन् – राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्छु

    परराष्ट्र सचिव लम्सालले भनिन् – राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्छु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 588
    SHARES

    काठमाडौं। नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने बताएकी छन् ।

    शुक्रबार परराष्ट्र मन्त्रालयमा पद बहाली गरेपछि प्रतिक्रिया दिँदै परराष्ट्र सचिव लम्सालले यस्तो बताएकी हुन्। उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन् ।



    परराष्ट्र सचिव लम्सालले भनिन्, ‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु।’



    देशको परराष्ट्र नीति अनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उनले बताइन् ।

    फरक प्रसङ्गमा परराष्ट्र सचिवले आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार