Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • परराष्ट्र मन्त्रालय भन्छ – ‘अग्निपथ’ योजनाबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्छ

    परराष्ट्र मन्त्रालय भन्छ – ‘अग्निपथ’ योजनाबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 708
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’बारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।

    बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।



    उनले भनिन्, ‘यो चुनावी सरकार भएकाले पनि र राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि तत्काल निर्णय हुने सम्भावना छैन।’



    भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन ।

    परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार