Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • परराष्ट्र सचिव सेवा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्री जयशंकरसँग गरिन् भेट

    परराष्ट्र सचिव सेवा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्री जयशंकरसँग गरिन् भेट

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 492
    SHARES

    काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

    उनले मंगलबार अपरान्ह नयाँ दिल्लीमा जयशंकरसँग भेटवार्ता गरेकी हुन् । उनी आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन मंगलबार दिउँसो नयाँ दिल्ली पुगेकी थिइन् ।



    भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले लम्साललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।



    जयंशकरले नेपाल र भारतको द्विपक्षीय सम्बन्धका बहुआयामिक सम्भावना र प्रगतिबारेमा लम्साललाई सुन्न पाउँदा प्रसन्नता प्रकट गरेका छन्।

    यही फागुन १७ देखि १९ गतेसम्म भारतको पुनेमा आयोजना हुने कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ।

    ​भ्रमणका क्रममा सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार