Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्रीले केपी ओलीलाई फोन गर्नु भएको थियो, संवाद हुन सकेन : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनको मिति घोषणा गर्नका लागि क्याबिनेट बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेको तर संवाद हुन नसकेको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो दलसँग परार्मशसमेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीरण दिएका हुन् ।

शुत्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री कार्कीले भने, ‘अब यो तपाईहरुलाई पनि थाहा दिऊ(प्रधानमन्त्रीले क्याबिनेट सुरु हुनु अघि प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्नु भएको थियो । त्यसमा म पनि उपस्थित छु । तर त्यो बेला फोन संवाद हुन सकेन । त्यसपछि निर्णय भयो । मंसिर ४ गते निर्वाचन हुने कुरा अपेक्षित कुरा हो ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077