Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अब यी ६ थर भएकाले सामाजिक सुरक्षा भत्ता नपाउने

    अब यी ६ थर भएकाले सामाजिक सुरक्षा भत्ता नपाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौ । पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया लगायतका जातरथर भएका व्यक्तिले दलितका रुपमा सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधबार एक सूचना जारी गर्दै यी जातिहरु दलित जातीय अनुसूचीमा सूचिकृत नभए कारण भत्ता नदिन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।



    दलितमा सुचिकृत नभए पनि पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया थर भएका व्यक्तिहरुलाई अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिँदै आएका थिए । कही स्थानीय तहले भने भत्ता दिने कि नदिने भनेर सुझाव मागेका थिए ।



    स्थानीय तहहरुले यी जातहरुलार्ई सामाजिक सुरक्षाभत्ता दिने कि नदिने भन्ने अन्यौलमा रहेको भन्दै विभागमा राय सुझाव माग गरेपछि सूचना जारी गरिएको विभागका सामाजिक सुरक्षा शाखाका निर्देशक सागरमणि पाठकले जानकारी दिए ।

    सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले राष्ट्रिय दलित आयोगको दलित जातीय अनुसूची विवरण बमोजिमका जातरथरका व्यक्तिलाई दलित जाति अन्तर्गत उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार