Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता कटौती

    कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता कटौती

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 750
    SHARES

    धनगढी । कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ ।

    आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो ।



    आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम कम आएका कारण सेवाग्राहीहरुको बैंक खातमा कम रकम गएको उक्त नगरपालिकाले जनाएको छ ।



    उक्त भत्ता पाउने सेवाग्राहीहरुका लागि रु पाँच करोड ६७ लाख आउनुपर्ने थियो तर झण्डै ५२ लाख ४३ हजार आठ सय ७७ रुपैयाँ अपुग अर्थात पाँच करोड १४ लाख रुपैयाँ मात्रै नगरपालिकामा आएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार