Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता !

    अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता !

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.9K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ।

    इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिने भएको छ।



    गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए।



    शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ।

    यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताइन्।

    हेलम्बु गाउँपालिकाले एकजनालाई पाँच सय दिने व्यवस्था गरेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार